नियम
खाता खोल्ने स्वीकृति लिनु पर्ने
(१) जिल्लास्थित सरकारी कारोवार गर्न नियम ९ को उपनियम (१) बमोजिम तोकिएको बैङ्कमा मात्र निकासा लिने कार्यालयको नाममा सरकारी अड्डाखाना (स/अ) समूहको बैङ्क खाता खोल्न स्वीकृति दिइनेछ ।
(२) विशेष प्रयोजन वा विशेष अवस्थामा निकासा लिने भन्दा भिन्न जिल्लामा वा सरकारी अड्डाखाना (स/अ) समूह भन्दा भिन्न समूहको बैङ्क खाता वा सरकारी कारोवार गर्न इजाजत प्राप्त नभएको बैङ्कमा खाता खोल्न परेमा महालेखा नियन्त्रक कार्यालयको स्वीकृति लिनु पर्नेछ ।